चौथो ‘म्युजिक खबर तिज म्युजिक अवार्ड २०८२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आर्ष्टि अफ नेपाल डटकमको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा विगत चार वर्षदेखि आयोजना हुँदै आएको ‘म्युजिक खबर तिज म्युजिक अवार्ड’को चौथो संस्करणको विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८२ सालमा बजारमा आएका तिजका गीतहरुलाई समावेश गरी अवार्ड आयोजना गरिएको हो ।
अवार्डमा सर्वोत्कृष्ट मिक्सिङ, सङ्गीत संयोजक, नवप्रतिभा, मोडल, निर्देशक, कोरियोग्राफर, छायाँकार, सम्पादक, गायक, गायिका, संयुक्त गायन लगायतका तिज दोहोरी र तिज मौलिक गीतका २१ विधाको सर्वोत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड कमिटी अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । तिज म्युजिक अवार्डको हरेक विधाको सर्वोत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।
अवार्ड कार्यक्रममा विभिन्न विधामा सक्रिय रहेका महिला दिदीबहिनीहरुलाई समेत सम्मान गरिनेछ । त्रिरत्न नारी सम्मान, कलापत्रकारिता सम्मान, कला सम्मान, व्यवसायी सम्मान, शिक्षासेवी सम्मान, स्वास्थ्यकर्मी सम्मान, सामाजिक सम्मान लगायतका विविध विधाका नारीहरुलाई सम्मान प्रदान गरिने थाहा भएको छ । अवार्ड कार्यक्रम आगामी भाद्र पाँच गते राजधानीको बीजी बैंकटमा सम्पन्न हुनेछ । अवार्डमा ५० प्रतिशत निर्णायकको मत, ४० प्रतिशत भोटिङ र १० प्रतिशत आयोजकको मतलाई लिएर सर्वोत्कृष्ट घोषणा गरिनेछ । अवार्डलाई प्रभु बैंक लि., सफ्टी हाइजन, कृषि विकास बैंक लि., गोकर्णेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका वडा नं ५ र १, कामना सेवा विकास बैंक, बिजी बैंक, बिजी मल लगायतले प्रायोजन गरेका छन् । कार्यक्रम प्रिज्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । तल दिईएको लिंक खोलेर आफूलाई मन परेको विधामा भोट गर्न सकिने कुरा आयोजकले जानकारी गराएका छन् । https://aventoz.com/event-details/68a1a70ce1e49
सर्वोत्कृष्ट पाँचमा पर्न सफल विधाहरु :
१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
१) सञ्जय श्रीपाल – मैदानै थर्कियो
२) समित परियार – तिजको लहर मनै हरर
३) विनोद परियार – बत्ती पिलिलि
४) एसबी मुस्कान – छैन नि चोलिया
५) पवन रानाभाट – मलाई क्या माया गर्छन्
२. सर्वोत्कृष्ट तिज गीत सङ्गीत संयोजक
१) रमेश सेन्चुरी – ए आमा
२) नरेन्द्र वियोगी – आयो रे आयो तिज
३) सुदिप सागर – छैन नि चोलिया
४) राजु सुनाम – बत्ति पिलिलि
५) विपिन आचार्य – चाँदी काटी रैया
३.सर्वोत्कृष्ट तिज गीत नवप्रतिभा
१) श्रीराम पौडेल – आँखा सन्काई सन्काई
२) मीना बर्तौला – कस्की छोरी होला
३) प्रतिभा गैरे – दिन्न के रे
४) ऋतु बोहोरा – बाहुनी मन पर्छ
५) झरना पुन – मुसाले काट्यो
४. सर्वोत्कृष्ट तिज गीत भिडिओ मोडल महिला
१) करिश्मा ढकाल – दिन्न केरे
२) रविना भण्डारी – पाल्पाली कान्छो झापाली कान्छी
३) ज्योति खड्का – आयो तिजको लहर
४) अस्मिता राना – रमाइलो भनेकै चोक चोकमा
५) सजिना लामिछाने – आमाले सुने लुकेर रोलिन्
५. सर्वोत्कृष्ट तिज गीत भिडिओ मोडल पुरुष
१) लोमश शर्मा – तिज आयो
२) युविन ढुङ्गाना – मैदानै थर्कियो
३) विजय पुन – सारी लरक्कै
४) विजय केसी – तिजको लहर मनै हरर
५) गोविन्द विवश – नाच्छु म बुरुक बुरुक
६. सर्वोत्कृष्ट तिज गीत संयुक्त मोडल
१) अस्मिता रनपाल र दिपा रनपाल – धनमाया मनमाया
२) रितु तामाङ र लक्ष्मी गुरुङ – नाचम् बरिलै
३) रितु तामाङ र सलिना नेपाली – हाम्रा पालामा
४) सञ्चिता बोलखे र निरुता लुइँटेल – बाध्यताले हो
५) स्मारिका ढकाल र अञ्जली अधिकारी – गयो जोवन ढली ढली
७. सर्वोत्कृष्ट तिज गीत भिडिओ निर्देशक
१) शिवन पोखरेल – मैदानै थर्कियो
२) देवेन्द्र पाण्डे – घुम्न जाऊँ न माया
३) शेखर घर्ती मगर – ए नि बरिलै
४) निरेन श्रेष्ठ – घन्काइदेऊ मादलु
५) शिशिर बुढाथोकी – आमा र माइतीको माया
८. सर्वोत्कृष्ट तिज गीत भिडिओ कोरियोग्राफर
१) गम्भीर विष्ट – किन्दिने कल्ले हो ?
२) जेरी भण्डारी – काली पसमकी –२
३) मुकेश पुलामी – खै तिम्ले है बुझेको
४) विक्रम चौहान – म त माइत जाने हो
५) शेर साउद – बत्ती पिलिलि
९. सर्वोत्कृष्ट तिज गीत भिडिओ छायाँकार
१) दुर्गा पौडेल – तिजका गीत
२) अजय रेग्मी – खै तिम्ले बुझेको
३) रुपेश थापा – मलाई क्या माया गर्छन्
४) भूपेन्द्र थापा मगर – आयो रे आयो तिज
५) सुनिल भण्डारी – घन्काइदेऊ मादलु
१०. सर्वोत्कृष्ट तिज गीत भिडिओ सम्पादक
१) विनोद बम – ए आमा
२) सुरेश काफ्ले – उडायो रिवन
३) विष्णु खड्का – घन्काइदेऊ मादलु
४) विवेक सुनार – यो तिजैको महिना
५) नवीन घर्ती मगर – यिनका बुढाले
११. सर्वोत्कृष्ट तिज गीत भिडिओ शृङ्गार
१) सरिता प्रजापति – आमा र माइतीको माया
२) गीत वि.क. – माइत जानलाई
३) कविन्द्र खड्का – म त माइत जाने हो
४) कबिता तोलाङ्गी – घन्काइदेऊ मादलु
५) सुबास तिमिल्सना – यो तिजैको महिना
१२. सर्वोत्कृष्ट तिज गीत संयुक्त गायन
१) शीला विष्ट/राधिका भण्डारी – ए नि बरिलै
२) तारादेवी सुनुवार/कल्पना सुनुवार – रातो साडी
३) एलिना चौहान/सुजाता केसी – सासुको तीज
४) विन्दु पौडेल/एलिना चौहान – यिनका बुढा
५) नम्रता तामाङ/बबी लिम्बू/निलम रोका कार्की – किन्दिने कल्ले हो ?
१३. सर्वोत्कृष्ट तिज दोहोरी शब्द
१) शेर साउद – बत्ती पिलिलि
२) मदन ढकाल – माइतीको दैलो
३) सिताराम परियार – पियारी
४) विष्णु न्यौपाने – सम्पत्ति कमाउन
५) विक्रम बाबु विश्वकर्मा – यही हो मेरो थुतुनो
१४.सर्वोत्कृष्ट तिज दोहोरी सङ्गीत
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) नेत्र भण्डारी – आँखा सन्काइ सन्काइ
३) सचिन भट्टराई – कस्की छोरी होला
४) राम कुमार नेपाली – साइँली छोरी
५) वसन्त लम्साल – बाहुनी मन पर्छ
१५. सर्वोत्कृष्ट गायक तिज दोहोरी
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) सचिन भट्टराई – कस्की छोरी होला
३) राम कुमार नेपाली – साइँली छोरी
४) आशिष सुनार – नाच्छु म बुरुक बुरुक
५) दीपकराज विश्वकर्मा – तिजको लहर आयो गाउँ शहर
१६. सर्वोत्कृष्ट गायिका तिज दोहोरी
१) सिर्जु अधिकारी – म त माइत जाने हो
२) सन्जु न्यौपाने – नीलो आकाशमा
३) समीक्षा अधिकारी – कस्की छोरी होला
४) मनमाया वाइबा – जे पनि सहने मै होला
५) मधु रसाइली – नाच्छु म बुरुक बुरुक
१७. सर्वोत्कृष्ट मौलिक तिज गीत शब्द
१) दीपक घिमिरे – आमा र माइतीको माया
२) प्रेम सापकोटा सोनु – काली पसमकी – २
३) भरत परियार – तिजको लहर मनै हरर
४) तुलसा रिजाल – आफ्नै कथा
५) राधिका पन्त भण्डारी – काला पोखरा
१८. सर्वोत्कृष्ट मौलिक तिज सङ्गीत
१) कृष्ण लामिछाने – आमा र माइतीको माया
२) दीपक शर्मा – किन्दिने कल्ले हो ?
३) विपिन घिमिरे – ए नि बरिलै
४) रेशम चौधरी – छैन नि चोलिया
५) विष्णु भण्डारी – काला पोखरा
१९. सर्वोत्कृष्ट मौलिक तिज गीत गायिका
१) अञ्जु गौतम – आयो तिजको लहर
२) पुजन काफ्ले – छड्के तिलहरी
३) रचना रिमाल – आयो रे आयो तीज
४) सुनितामी परियार – तिजको लहर मनै हरर
५) सरिता भारती – नाच्छ भने नाच्न दे
२०. सर्वोत्कृष्ट तिज गीत डायस्पोरा
१) कुमारी रेग्मी – आयो रे आयो तिज
२) विन्दु पौडेल – यिनका बुढाले
३) दिपेन्द्र खड्का – आँखा सन्काई सन्काई
४) विनोद शाही – परदेशीको तिज
५) अमृता लुंगेली – आँखा मार्यो
२१. सर्वोत्कृष्ट तीज गीत
१) काली पसकी २ – शान्तिश्री परियार
२) तिजका गीत – लक्ष्मी मल्ल
३) घन्काइदेऊ मादलु – लक्ष्मी पुरी प्रधान
४) छैन नि चोलिया – मञ्जु पौडेल
५) छोरीको शीर आमा – एलिना चौहान
