-तुलसी गिरी ‘भावुक’
लोकप्रिय गायक बिवस नेम्बाङ् र लोकप्रिय गायिका तारा लिम्बू थेबेको युगल स्वरमा लिम्बू समुदायमा परापूर्वकालदेखि चलिआएको पूर्वेली सांस्कृतिक पालाम भाकामा उन्छोन्बा पान्हा इतुङङिले (चार भञ्ज्याङ् वारि) को भिडिओ सार्वजनिक भएको छ । रुपा इजाम फोम्बोको शव्दरचना एवं सङ्गीतमा रहेको यस गीतको म्युजिक एरेन्ज, मिक्सिङ् र माष्टरिङ् मनोज साङ्गसन राईले गरेका हुन् l Niru Phombohangma युट्युब च्यानलबाट विहीबार डिजिटल बजारमा आएको यो म्युजिक भिडिओ दामी क्रिएशनको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो भने भिडिओमा दिनेश माङ्गमु लिम्बूको कोरियोग्राफी, अर्जुन कटुवालको सिनेमाटोग्राफी र अर्जुन खड्काको दृश्य तथा रङ्ग सम्पादन रहेको छ ।
डेढ दर्जन बढी कलाकारहरुको अभिनय रहेको यस म्युजिक भिडिओमा पूर्ण लिम्बू साँवा, अनिल लिम्बू साँवा, विक्रम लिम्बू, तानम तन्छो लावती, पारुहाङ्मा फोम्बो, नोनिमा फोम्बो, इतुशा फोम्बो, सृजना लिम्बू, हर्क घिसिङ, इन्द्र लिम्बू, सेशर वानेम, मिलन वानेम, हरि कुमार फोम्बो, समुन्द्र माया वानेम फोम्बो, निलिमा सुब्बा फोम्बो, रम्भा फोम्बो, तारा लिम्बू थेबे, रुपा इजाम फोम्बो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
