यात्रामा भेटिएकी युवतीको प्रेममा गायक कन्हैया सिंह परियार

प्रसिद्ध गायक कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘घुम्नलाई जाँदा लाङ्टाङ’ को भिडिओ सार्वजनिक भएको छ l गायक कन्हैयाकै अफिसियल युट्युब च्यानल Kanhaiya Singh Pariyar बाट एक दिन अघि भिडिओ डिजिटल बजारमा आएको हो l माधव लामिछानेको शव्दरचना र कन्हैया सिंहकै सङ्गीत रहेको यस गीतमा बलराम समालको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको छ l

प्रस्तुत भिडिओमा गायक तथा सङ्गीतकार स्वयंले अभिनय गरेका छन् भने उनलाई कनिशा स्याङ्तानले साथ दिएकी छिन् l विजय रुम्बा लामाको लेखन, निर्देशन, छायाङ्कन र सम्पादनमा निर्मित यस म्युजिक भिडिओमा हृदय नै प्रफुल्लित बनाउने मनमोहक पहाडी दृश्यहरु देख्न सकिन्छ l भिडिओमा गीतको भाव अनुसार लाङ्टाङ घुम्न गएको एक युवक र त्यहीँ भेट भएकी युवती बीचको प्रेमकथालाई सुन्दर ढङ्गमा उतारिएको छ l