समाजसेवी एवं आध्यात्मिक व्यक्तित्व तारा अधिकारीले ल्याइन् दुर्गा भजन

-तुलसी गिरी ‘भावुक’

नवरात्रारम्भ अर्थात् घटस्थापनाको अवसर पारेर गायिका तारा अधिकारीले दुर्गा भजन ‘जय दुर्गा भवानी’ सार्वजनिक गरेकी छिन् l नरहरि प्रेमीको शब्दरचना एवं सङ्गीतमा रहेको यस गीतमा सम्राट थापाको सङ्गीत संयोजन रहेको छ भने पुष्कर खत्रीले मिक्सिङ/माष्टरिङ गरेका छन् l गीतमा गायिका तारालाई अनिल श्रेष्ठ, सुरज गुप्ता, आकृति भट्टाराई र निशा कौशलले कोरस गाएर साथ दिएका छन् l

श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको यस गीतको भिडिओ राजकुमार अधिकारीको परिकल्पनामा निर्माण भएको हो l  गायन सँगसँगै सामाजिक सेवामा समेत उत्तिकै क्रियाशील रहँदै आएकी गायिका तारालाई धेरैले परोपकारी एवं आध्यात्मिक व्यक्तित्वको रुपमा समेत चिन्ने गरेका छन् l भजनको भिडिओ केही घण्टा अघि मात्र Narahari Premee नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l