-तुलसी गिरी ‘भावुक’
फरक चिन्तन र भिन्न प्रकारको प्रस्तुतिका कारण ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ सहित विश्वका अधिकांश प्रतिष्ठित संस्थाहरुबाट सङ्गीत र साहित्यका विविध विधामा ८० विश्व रेकर्ड कायम गरिसकेका सर्जक डा. डी. आर. उपाध्यायको फरक प्रस्तुतिकासाथ पुन: अर्को गीत ‘जुनी जुनी’ को भिडिओ सार्वजनिक भएको छ l १४ वटा तालहरुमा छायाङ्कन भएको यो भिडिओ DR Music & Creations युट्युबमार्फत आजै डिजिटल बजारमा आएको हो l गायनमा डा. उपाध्यायलाई गायिका अनु चौधरीले साथ दिएकी छिन् l
सर्जक डा. डी. आर. को आफ्नै शब्दरचना, सङ्गीत, स्वर, अभिनय र निर्देशन समेत रहेको यस म्युजिक भिडिओमा नायिकाको रुपमा भने नम्रता अर्याललाई देख्न सकिन्छ l उत्सव दाहालको छायाङ्कन रहेको यो भिडिओको सम्पादन शिलन लम्सालले गरेका हुन् l यो भिडिओ पनि विश्व रेकर्डकै सिलसिलामा निर्माण गरिएको कुरा थाहा भएको छ l थप २३ सहित यही चैत महिनाभित्रै १ सय ३ विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ सिर्जनात्मक कामहरु भईरहेको कुरा पनि बहुआयामिक सर्जक उपाध्यायले ई म्युजिक डायरीलाई जानकारी गराएका छन् l