-प्रकाश बराईली ‘अभिव्यक्ति’
नव वर्ष २०८३ को अवसर पारेर साङ्गीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत तथा भिडिओ सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ। सोही क्रममा पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत धौलागिरि शिर को भिडिओ सार्वजनिक भएको छ।
यस गीतमा सुजन बराईली र चर्चित गायिका देबी घर्तीको स्वर रहेको छ चने चर्चित सर्जक प्रल्हाद सुवेदीको शब्द, सुजन बराईलीको सङ्गीत रहेको छ। गीतमा रमेश सञ्चुरीको म्युजिक एरेञ्ज रहेको छ भने भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका छन्। यो गीतको भिडिओ पर्वतको मल्लाजमा छायाङ्कन गरिएको हो।
भिडिओमा कुमार केसीको निर्देशन र अमृत चापागाईको सम्पादन रहेको छ। भिडिओमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली, करुणा नेपाली आदिको अभिनय रहेको छ। भिडिओ सुजन बराईलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।












