-तुलसी गिरी ‘भावुक’
उदियमान गायिका वसन्ता खनाल र नन्दु परियारको युगल स्वरमा रहेको गीत ‘माया बराबर’ को भिडिओ रिलिज भएको छ l भिडिओ यसैसाता गायिका वसन्ताको आधिकारिक युट्युब च्यानल Bashanta Khanal बाट डिजिटल बजारमा आएको हो l गायक नन्दु परियारकै शब्दरचना/सङ्गीतमा रहेको यस गीतको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतले गरेका हुन् l वसन्ता सङ्गीत क्षेत्रमा भर्खरै उदाउँदै गरेकी प्रतिभा भए पनि उनको गायकी कुनै व्यावसायिक गायिकाको भन्दा कमजोर लाग्दैन l नन्दु र वसन्ता दुबैको श्रुति माधुर्य स्वरले गीतलाई जीवन्त बनाएको छ l
विनोद भण्डारीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा नारायणी खत्री, अनिल पौडेल लगायत दर्जनौं कलाकारले अभिनय गरेका छन् भने मनोज कार्कीको सम्पादन र करन चैसिरको सिनेमाटोग्राफी रहेको छ l विवाहको माहोलमा छायाङ्कन गरिएको यस म्युजिक भिडिओमा नवजोडीले दुई ज्यान एक भएपछि आउने जिन्दगी कसरी बिताउने, एक-अर्कालाई कस्तो व्यबहार गर्ने लगायतका मनका भावनाहरु साटासाट गरेका छन् l
