‘म्यूजिक खबर म्यूजिक अवार्ड’ १२ औं संस्करणको लागि आवेदन खुला

‘म्यूजिक खबर म्यूजिक अवार्ड’को १२ औं संस्करणको लागि गीत सहभागी गराउन फाराम खुला गरिएको छ । २०६९ सालबाट निरन्तर रुपमा आयोजना गरिँदै आइएको यस अवार्डको १२ औं संस्करणका लागि स्रष्टा-कलाकारहरुलाई आफ्नो सिर्जना सहभागी गराउनका लागि म्यूजिक खबरले आग्रह गरेको छ ।

१२ औं ‘म्युजिक खबर म्युजिक अवार्ड’ २०८१ का लागि फाराम खुला गरिएको छ । जसमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीतहरुका विभिन्न ३८ विधामा अवार्ड आयोजना गरिँदै आइएको छ ।

‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतकार आधार’ भन्ने मूल नारा लिएर आयोजना गरिँदै आइएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको हो । म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डमा म्युजिक खबर फाउन्डेसनले सहकार्य गर्दै आएको छ । गीतसंगीत क्षेत्रमा क्रियाशील गायक गायिका, संगीतकार, गीतकार, निर्देशक, मोडल, छायाँकार, सम्पादकहरुको लागि प्रोत्साहन र सम्मानको महोत्सवका रुपमा लिइँदै आइएको यस अवार्डमा अग्रजदेखि अनुजसम्मका स्रष्टा कलाकार सहभागी हुँदै आएका छन् ।

म्यूजिक खबरले कार्यक्रममा दीर्घ साधना सम्मान, रजत संगीत सम्मान, दशक संगीत सम्मान, युवा प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान, डायस्पोरा संगीत सम्मान र बाल प्रतिभा संगीत सम्मान समेत प्रदान गर्दै आएको छ ।