जातीय भेदभाव र छुवाछुत वि रुद्ध गायक कन्हैया सिंहको साङ्गीतिक सन्देश

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक कन्हैया सिंह परियारको स्वरमा रहेको जातीय वि भेद वि रुद्धको गीत ‘रगत सबैको रातो हुन्छ’ को भिडिओ सार्वजनिक भएको छ l गायक स्वयंकै अफिसियल युट्युब च्यानल Kanhaiya Singh Pariyar बाट केहीदिन अघि सो भिडिओ डिजिटल बजारमा आएको हो l हर्क विरही बिकेले रचना गरेको यस गीतमा कमल सिंह ओडको सङ्गीत र बी.बी. अनुरागीको सङ्गीत संयोजन रहेको छ भने मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका हुन् l

विपिन आचार्यको कथा परिकल्पना एवं निर्देशनमा शुटिङ भएको यस म्युजिक भिडिओमा विजय रुम्बा लामाको छायाङ्कन/सम्पादन रहेको छ भने अनु शाहको साथमा कन्हैया स्वयंले मुख्य भूमिकामा अभिनय गरेका छन् l तीन दशक भन्दा लामो समयदेखि निरन्तर सङ्गीतकर्ममा क्रियाशील रहेका गायक कन्हैयाले आफ्नो साङ्गीतिक जीवनमै पहिलोपटक जातीय वि भेद र सामाजिक छुवाछुत वि रुद्धको गीत ‘रगत सबैको रातो हुन्छ’ गाएका हुन् l

प्रस्तुत म्युजिक भिडिओमा कानूनी रुपमा द ण्डनीय भएपनि अझै अवशेषको रुपमा रहेको जातीय वि भेद, भेदभाव, अपहेलना र सामाजिक छुवाछुत जस्तो अमा नवीय, नेपाली समाजभित्रको कु रूपत़ालाई जीवन्त ढङ्गमा देखाईएको छ l उपल्लो र तल्लो जातको नाममा अझै मान्छेले नै मान्छेलाई कसरी प्रता डित गरिरहेका छन् भने कुराको गहिराई भिडिओमा देख्न सकिन्छ l श्रम, सिप र यौवन चल्ने तर पानी नचल्ने, सबैको धर्म उही, शरीरको बनावट र अङ्ग उस्तै, आवाज उस्तै, रगत उस्तै तर छुत-अछुतको वि भेद किन ? गीत तथा भिडिओले भनेको छ l भिडिओमा अन्तरजातीय विवाह गरेका एक जोडीले पाइला पाइलामा आफ्नै वरिपरिका मान्छेहरुबाट अनाहकमा तिर स्कृत र अप मानित हुनुपरेको घटना प्रस्तुत गरिएको छ l चेतना र विद्रोहको सन्देश बोकेर आएको ‘रगत सबैको रातो हुन्छ’लाई एउटा सार्थक, यथार्थपरक र सन्देशमूलक म्युजिक भिडिओको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l