जन्म दिनको अवसरमा सौगातले ल्याए ‘सुन न ए माया’

गायक सौगात जङ्ग थापाले आफ्नो जन्म दिनको अवसर पारेर नयाँ युगल गीत ´सुन न ए माया` को भिडिओ सार्वजनिक गरेका छन् । जन्म दिनलाई थप उत्साहपूर्ण र रोमान्टिक बनाउन आफूले सो म्युजिक भिडिओ सार्वजनिक गरेको उनले बताए । गीतमा उनलाई फिमेल भोकलमा चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन् । अभिनाश थापा र रमेश साउदको शब्दरचनामा रहेको यस गीतलाई सौगात स्वयंले सङ्गीत गरेका हुन् भने विशाल निरौलाले म्युजिक एरेन्ज गरेका छन् ।

उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको यो भिडिओमा विशाल थापाको छायाङ्कन रहेको छ । भिडिओमा अहिलेका चर्चित मोडेल स्मारिका ढकाल र सुरेश कोहलीको गजब केमेस्ट्री बनेको छ । झापा जिल्लाको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यो भिडिओ मीन रावलले एडिट गरेका हुन् भने G media Connection युट्युब च्यानलले बजारमा ल्याएको हो ।