गीतकार रोशनको तीज विशेष गीत ‘भनम कसलाई खोई’

-प्रकाश बराईली ‘अभिव्यक्ति’

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै  छ । यसै अवसरमा विभिन्न कलाकारहरुमा तीज विशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा गीतकार रोशन क्षत्रीको तीज विशेष गीत ‘भनम कसलाई खोई’ को भिडिओ सार्वजनिक भएको छ । रोशन क्षत्रीको शब्द र गोपाल सापकोटाको सङ्गीत रहेको यस गीतमा शान्तिश्री परियार र सुनिता सुनारको स्वर रहेको छ ।

यस गीतको म्युजिक एरेञ्ज र मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतमा गणेश सापकोटाको छायाङ्कन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रङ्ग संयोजन रहेको छ । भिडिओमा कविता न्यौपाने, विकाश थापा, ममता तामाङ र राज कुमार क्षत्रीको अभिनय रहेको छ । भिडिओ रोशन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।