गीतकार एम. टी. गणेश अधिकारीको शव्दमा प्रमोद खरेलको आवाज ‘महाजाली’

गीतकार एम. टी. गणेश अधिकारीको शव्द, दीपकराज विश्वकर्माको सङ्गीत तथा म्युजिक एरेन्ज र प्रमोद खरेलको आवाजमा रहेको गीत ‘महाजाली’ को भिडिओ सार्वजनिक भएको छ l

भिडिओ नागेन्द्र नेपालको कथा/निर्देशनमा निर्माण भएको हो l जसमा जुना कार्की, उतम श्रेष्ठ (शिशिर) र उरेश सिग्देलको अभिनय रहेको छ l भिडिओ रोशन श्रेष्ठले छायाङ्कन गरेका हुन् l श्रीमान श्रीमतीबीच वैवाहिक जीवनमा आएको मनमुटाबपछि उत्पन्न असहज परिस्थिति र तनावपूर्ण अवस्थालाई भिडिओमा उतारिएको छ l भिडिओ झापा जिल्लाको विभिन्न स्थानमा छायाङ्कन गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।