शिव कैलाश कला मन्दिरद्वारा ‘विज किड्स नेपाल कल्चरल शो’ सम्पन्न

शिव कैलाश कला मन्दिरको आयोजनामा ‘विज किड्स नेपाल कल्चरल शो’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच १९ स्कुलको सहभागितामा ‘विज किड्स नेपाल कल्चरल शो’ सम्पन्न भएको हो ।

टोखा-३ का वडा अध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा वडा सदस्य शान्ता राई, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मि भट्ट, नृत्य निर्देशक केपी पौडेल, अपेन टोखा अध्यक्ष उर्मिला त्रिपाठी, मोडेल तथा नृत्य निर्देशक कृष्ण रसाल, प्रत्रकार तथा गीतकार गीता अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

विगत दुई दशकदेखि निरन्तर नेपाली नृत्य क्षेत्रमा काम गर्दै आएको कला मन्दिरले बाबु नानीहरूलाई आफ्नो संस्कृति सिकाउन यो कार्यक्रमको आयोजना गरिएको कुरा संयोजक रोशन बुढाथोकी (वेदबहादुर) ले जानकारी गराएका छन् । कार्यक्रममा उत्साहजनक सहभागिताका लागि कला मन्दिरका अध्यक्ष नारायण रिजालले सबैलाई धन्यवाद दिएका थिए ।

प्रमुख अतिथि र अन्य अतिथिले कला मन्दिरको कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाउने आफूहरूले अपेक्षा राखेको बताए । सो अवसरमा विजेता तथा सहभागी स्कुललाई ट्रफीका साथै प्रमाणपत्र प्रदान गरिएको थियो भने अतिथि र अन्य सहयोगीलाई मायाको चिनो अर्पण गरिएको थियो ।