‘आमा ए आमा’ म्युजिक भिडिओमा आमाको महिमा

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सङ्गीतकार शंकर थापा ‘स्माइल’को सङ्गीतमा रहेको गीत ‘आमा ए आमा’ को भिडिओ बजारमा आएको छ l लामो समय अघिदेखि गीत लेखनलाई नै पेशा बनाउन सफल नेपालकै एकमात्र गीतकार डी.पी. खनालको शब्द, विषम आचार्यको सङ्गीत संयोजन र साइराज खातीको स्वरमा रहेको यस गीतको भिडिओ Crystal Creation युट्युब च्यानलबाट शुक्रबार डिजिटल बजारमा आएको हो l अनामनगरस्थित फिल स्टुडियोका साउण्ड प्राविधिक कुमार के. सी. ले रेकर्ड गरेको यस गीतमा अशोक महर्जनको मिक्सिङ/माष्टरिङ रहेको छ l

आमाको महिमा बयान गरिएको यस गीतको भिडिओ केशव राज भाटको निर्देशनमा छायाङ्कन भएको हो l जसमा हिउँबाला गौतम, लक्षु शर्मा, जुना कार्की र बाल कलाकार एलेक्स खड्काको अभिनय रहेको छ l उत्सव दाहालले खिचेको यो भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् l समय सापेक्ष एवं सन्देशमूलक यस भिडिओले रोगी र वृद्ध आमाबाबुलाई छाडेर केवल धन कमाउनकै लागि परदेश जानु हुन्न भन्ने भाव पोखेको छ l