लिम्बू संस्कृतिमा आधारित म्युजिक भिडिओ ‘सुँगुरको मासुमा पल्केर’ सार्वजनिक

लिम्बू संस्कृतिमा आधारित म्युजिक भिडिओ ‘सुँगुरको मासुमा पल्केर’ सार्वजनिक भएको छ l शैल लिम्बूको शब्द/सङ्गीत, विषम आचार्यको सङ्गीत संयोजन र राजु कार्कीको मिक्सिङ्/माष्टरिङ् रहेको यस गीतमा शैल लिम्बू र सम्झना योङ्हाङको युगल स्वर रहेको छ l भिडिओमा धिरेन शाक्य र विपना आङ्बुहाङले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने सहायक भूमिकामा अन्य दर्जनौं कलाकारलाई देख्न सकिन्छ l

लिम्बू जातिसँग सम्बन्धित गरगहना, भेषभूषा, खानपान, गीत, नृत्य र बाजागाजा समेतलाई समेटिएको यो म्युजिक भिडिओ दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी र हाङ् चेम्जोङको निर्देशनमा छायाङ्कन भएको हो l जसका छायाकार भूपेन्द्र थापा मगर हुन् l भिडिओ G Media Connection युट्युव च्यानलबाट डिजिटल बजारमा आएको हो l