एकतर्फी प्रेममा गीतकार शान्ति मोक्तान


शान्ति मोक्तानको शब्द, कल्याण सिंहको सङ्गीत, दिनेश श्रेष्ठको सङ्गीत संयोजन र तारा श्रीष मगरको स्वरमा रहेको गीत ‘केही पाए जस्तो’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ l भिडिओ शुक्रबार Best Tone Music युट्युब च्यानलबाट बजारमा आएको हो l

रोमाण्टिक भावको यस गीतमा एकतर्फी प्रेममा परेकी युवतीको मनोदशा बयान गरिएको छ l म तिमीलाई प्रेम गर्छु भन्न पनि नसकेको र भनौं भनौं पनि लागेको द्विविधाको स्थिति, मनमा उर्लिएका अनेक कौतुहलता र मीठा बेचैनीहरु गीतमा तरङ्गित भएका छन् l