माईतीघरको माया र सद्भाव पोख्दै गायिका तारा अधिकारी   

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको तिजगीत ‘तीजमा रमाईलो’ को भिडिओ बजारमा आएको छ l भिडिओ एकदिन अघि सङ्गीतकार प्रेमीकै अफिसियल युट्युब च्यानल Narahari Premee बाट डिजिटल बजारमा आएको हो l पुष्पा पौडेलको शव्द र तारा अधिकारीको स्वरमा रहेको यस गीतमा राकेश सोनीको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको छ l

‘तीजमा रमाईलो’ को भिडिओ राज कुमारको निर्देशन तथा सम्पादनमा तयार भएको हो l जसमा खेम थापा मगरको सिनेम्याटोग्राफी रहेको छ भने उषा मलाहा ‘सिम्रन’ ले सहायक निर्देशकको रुपमा काम गरेकी छिन् l भिडिओमा वरिष्ठ कलाकार रमा थपलिया, गीतकार पुष्पा पौडेल, सङ्गीतकार नरहरि प्रेमी, गायिका तारा अधिकारी र प्रज्ञा अधिकारीले प्रमुख कलाकारको रुपमा अभिनय/नृत्य गरेका छन् भने लगभग ३ दर्जन महिलाहरुले सहायक कलाकारको रुपमा साथ दिएका छन् l गीतमा चेलीका लागि माइती कति प्रिय र महत्वपूर्ण हुन्छन् भन्ने भाव पोखिएको छ भने गीत अनुसार भिडिओमा कथात्मक प्रस्तुति समेत रहेको छ l

भिडिओमा प्रमुख नृत्याङ्गनाको रुपमा देखिएकी प्रज्ञा अधिकारी एक प्रतिभाशाली उदियमान गायिका एवं मोडल समेत हुन् l यसअघि नरहरि प्रेमीकै सङ्गीत र प्रज्ञाको स्वरमा रहेका केही गीतका भिडिओ सार्वजनिक भईसकेका छन् l