राधिका हमाल र विवेक अर्यालको स्वरमा रहेको तीजगीत ‘मादल’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायिका राधिका हमाल र गायक विवेक अर्यालको स्वरमा रहेको तीजगीत ‘मादल’ को भिडिओ बजारमा आएको छ l World Cover Media नामक युट्युब च्यानलबाट एकदिन अघि भिडिओ डिजिटल बजारमा आएको हो l विवेक अर्यालकै शब्द/सङ्गीतमा रहेको यस गीतमा सुरेश शाहीको म्युजिक एरेन्ज रहेको छ भने गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् l

‘मादल’ तीजगीतको यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन र मुकेश नेपालीको कोरियोग्राफीमा छायाङ्कन भएको हो भने भिडिओका सिनेम्याटोग्राफर एवं सम्पादक समेत वीरेन्द्र भाट नै हुन् l जसमा लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सन निर्माण भएको यस म्युजिक भिडिओमा नवराज पाण्डे र सरिता दानकुटीले प्रमुख मोडलको भूमिकामा नृत्य/अभिनय गरेका छन् l