सफलताको स्वरमा दोस्रो म्युजिक भिडिओ सार्वजनिक


बाल गायिका सफलता श्रेष्ठको स्वरमा रहेको गीत ‘माया देशलाई’ को भिडिओ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्दरचना र सन्तोष श्रेष्ठको सङ्गीत रहेको राष्ट्रिय भावको गीतको भिडिओ सार्वजनिक गरिएको हो ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको यस भिडिओमा सफलता श्रेष्ठ, शिक्षा खड्गी, डिभा बस्नेत, आयुशा श्रेष्ठ र क्रियोना बलामीको अभिनय रहेको छ । वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन रहेको यो म्युजिक भिडिओ गोल्डेन क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

SUBSCRIBE 👉

अनामनगरस्थित नेपाल मेघा स्कुलमा कक्षा ७ मा अध्ययनरत गायिका सफलता गीत, सङ्गीत र अभिनयमा गहिरो अभिरुची राख्छिन् । यो उनको स्वरमा रहेको गीतको दोस्रो भिडिओ हो l यसअघि उनको ‘म हुँ नेपाली’ बोलको गीतको भिडिओ सार्वजनिक भएको थियो । सफलताका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त तथा विश्व कीर्तिमानी सङ्गीतकार एवं उपन्यासकार हुन् । सन्तोषको केही समय पहिला कम्लरी प्रथामा आधारित ‘फरैना’ शीर्षकको उपन्यास पाठकमाझ आएको थियो ।

सन्तोषले थुप्रै गीतमा स्वर पनि दिएका छन् भने उनले सङ्गीत गरेका केही गीतले विश्व रेकर्ड राख्न सफल भएका छन् । सफलताले पनि बाबुकै पदचाप पछ्याउँदै गीतको भिडिओ सार्वजनिक गरेकी हुन् l