‘पिरती’ लाउँदै हेमन्त कान्छा र सुनिता बुढा

-तुलसी गिरी ‘भावुक’

हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीत ‘पिरती’ को भिडिओ सार्वजनिक भएको छ l राजकुमार बगरको शब्दरचना एवं मिक्सिङ रहेको यस गीतमा गीतका गायक समेत रहेका हेमन्त कान्छा रसाईलीले नै सङ्गीत संयोजन गरेका छन् l

SUBSCRIBE 👉

‘पिरती’ को म्युजिक भिडिओ मौसम हिमालीको निर्देशनमा छायाङ्कन भएको हो l जसमा विजय पुन, हेमन्त कान्छा रसाईली, चाहना मगर र निशा मगरले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने पवन सुस्लिङको सिनेम्याटोग्राफी र नवीन घर्ती मगरको सम्पादन रहेको छ l भिडिओ आजै Hemanta Kanchha Rasaily युट्युब च्यानलबाट बजारमा आएको हो l