सत्यकथामा आधारित गीत ‘अरु के रहेछ’ को लोकार्पण

-तुलसी गिरी ‘भावुक’

सगुन ‘ऋचा’को शब्दरचना, महेश खड्काको सङ्गीत एवं रामकृष्ण ढकाल र सङ्गीता रनपयालीको स्वरमा रहेको गीत ‘अरु के रहेछ’ को भिडिओ लोकार्पण भएको छ l अग्रज गीतकार किरण खरेलको प्रमुख आतिथ्यता, पूर्व महासेनानी रविराज कार्कीको विशिष्ट आतिथ्यता र कला पत्रकार तुलसी गिरी ‘भावुक’ को सभापतित्वमा शनिबार आयोजित समारोमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो l कार्यक्रम भक्तपुरको लोकन्थलीस्थित दिव्येश्वरी पार्टी प्यालेशको सभा हलमा आयोजना गरिएको थियो l गीतमा महाराज थापाको सङ्गीत संयोजन रहेको छ भने नरेश बीबीसीले मिक्सिङ/माष्टरिङ गरेका छन् l

SUBSCRIBE 👉

‘अरु के रहेछ’ गीतको भिडिओ माइकल चन्दको निर्देशनमा तयार भएको हो l जसमा किरण के. सी., रानु निरौला, किरण रुपाखेती, सुनिता अधिकारी आदि कलाकारले अभिनय गरेका छन् l भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र सिलन लम्सालको सम्पादन रहेको छ l समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवं गीत तथा भिडिओसँग सम्बन्धित सर्जक, कलाकार र प्राविधिकहरुलाई सम्मानपत्र र उपहार समेत प्रदान गरिएको थियो l प्रस्तुत गीत गीतकार सगुनले अल्पायुमै दिवंगत धार्मिक प्रवृत्ति र परोपकारी स्वभावका आफ्नो भाइ करुण सागर पराजुलीको सम्झनामा लेखेको कुरा थाहा भएको छ l समारोहमा वक्ताहरुले गीत तथा भिडिओको खुलेर प्रशंसा गरेका थिए l भिडिओ गायक ढकालकै युट्युव च्यानल Ram Krishna Dhakal मा अपलोड भएको छ l