७८ वर्षीय गायिकाको तीजगीत श्रोता-दर्शकको रोजाईमा

-तुलसी गिरी ‘भावुक’


७८ वर्षीय गायिका पवित्रा रसाईलीको स्वरमा रहेको तीजगीत ‘उईले उईलेको तीज २’ ले युट्युबमा अपलोड भएको छोटो समयमै दर्शक-श्रोताको उत्साहजनक साथ पाईरहेको छ l गतवर्ष प्रकाशित तीजगीत ‘उईले उईलेको तीज’ ले देश-विदेशमा रहेका दर्शक-श्रोताहरुबाट सकारात्मक प्रतिक्रियाका साथै अपार माया पाएपछि त्यसैको निरन्तरतास्वरूप यसपटक ‘उईले उईलेको तीज २’ प्रकाशन गरिएको कुरा गीतका रचनाकार तथा सङ्गीतकार बी. बी. अनुरागीले जानकारी गराएका छन् l

SUBSCRIBE 👉

अपलोड भएको ३ दिनमै गीतको भिडिओ लगभग ३ लाखपटक हेरिएको छ भने प्रतिक्रियाहरु पनि धेरै राम्रा आएका छन् l लगभग १ वर्ष अघि पोखरामा आयोजित ‘नेशनल गण्डकी म्युजिक अवार्ड’ समारोहमा गायिका पवित्रा रसाईलीलाई ‘ठेट गीत साम्राज्ञी’ को उपाधि सहित सम्मान समेत गरिएको थियो l

बी. बी. अनुरागीको शब्द / सङ्गीत तथा सङ्गीत संयोजन, सुकुराम रसाईलीको मिक्सिङ र श्यामश्वेत रसाईलीको माष्टरिङमा तयार भएको यस गीतको भिडिओ ताराकान्त बि. क. र अर्जुन लोहारले छायाङ्कन गरेका हुन् भने भिडिओमा अर्जुन लोहारको सम्पादन रहेको छ l यसैगरी वाद्यवादकहरुतर्फ सारङ्गीमा कमल कुमार विश्वकर्मा, बाँसुरीमा रत्न बि. क. र निशान्त विश्वकर्मा, मादलमा पोषण घर्ती, सुवास विश्वकर्मा र सूर्य गौतम, किबोर्डमा सुसान विश्वकर्मा, हार्मोनियममा सुकुराम रसाईली, अक्टोप्याडमा खिम बि. क. र डम्फुमा रामु सुनार रहेका छन् l

यसैगरी भिडिओमा उत्साह धिमिरे, शिक्षा रसाईली, रोशनी पौडेल, अनिता गिरी, शारदा गौतम, दिपशन गौतम, सहारा खड्काथोकी, सरस्वती ज्ञवाली, कौसिला सारु, गोविन्द अनेक, जमुना भट्ट खड्का, अनिता पौडेल, सुनिता सुनार, श्रेया सुनार, सुनकली सुनार, निशान्त विश्‍वकर्मा, सुवास विश्‍वकर्मा, आदर्श विश्‍वकर्मा, पुतली विश्‍वकर्मा, अमृता विश्‍वकर्मा, प्रेम बहादुर विश्‍वकर्मा, रत्न कुमारी विश्‍वकर्मा, कमल कुमार विश्‍वकर्मा, ललिता विश्‍वकर्मा, सर्जक रसाईली, बोमकुमारी विश्‍वकर्मा, सुप्रीति विश्‍वकर्मा, सुप्रिम विश्‍वकर्मा, प्रतिष्ठा विश्‍वकर्मा, प्रकृति विश्‍वकर्मा, वर्षा विश्‍वकर्मा, आकृति विश्‍वकर्मा, मिना सुनार, बिन्द्रा सुनार, सुशीला सुनार, कौसिला सुनार, सुजिता सुनार, क्रिस्टिना आदि कलाकारहरुको सहभागिता रहेको छ l

गीतमा उहिले (उईले) को समयमा ग्रामिण जीवनशैली कस्तो थियो भन्ने यथार्थ कुरालाई त्यही बेलाको टिपिकल शब्द र लवजमा प्रस्तुत गरिएको छ l गीतले त्यो बेलाका महिलाहरुको दिनचर्या, उनीहरुमाथि हुने गरेका पारिवारिक र सामाजिक विभेद, मूल्यहीन रुपमा गुम्सिएर रहेका उनीहरुका ईच्छा-आकाङ्क्षा, अनेकन समस्या, पीर-व्यथा लगायत खासगरी महिलाहरुको समग्र जीवनशैली वयान गरिएको छ l

देशका गहना, कला-संस्कृतिका संवाहक, धरोहर आदि इत्यादि भनिएका सर्जक-कलाकारहरुबाटै व्यावसायिकताका नाममा परम्परा र संस्कृतिको धज्जी उडाउने काम भईरहेको आजको अवस्थामा कुनै कालखण्डको शाश्वत चित्र बोकेर आएको ठेट शब्द र लवजको यो गीत एउटा ऐतिहासिक दृश्यकथा पनि हो l

SUBSCRIBE 👉