बहुआयामिक सर्जक एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको गीति एल्बम ‘मायाको सागर’ को ५५ सय मिटर माथिको उचाई सगरमाथा बेस क्याम्पमा विमोचन भएको छ । एल्बममा ‘तिम्रो मायाको सागरमा’, ‘आँखामा गाजल लाएर’, ‘सोचें बाँच्ने आधार’ र ‘जब आफ्नाले तुच्छ वचन बोलेपछि’ गरी ४ वटा गीत रहेका छन् ।
जसमा सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार र आशिष लामाको सङ्गीत, राजु कार्की, सुलभ घिमेरे, पुष्कर सुनुवार र आशिष लामाको सङ्गीत संयोजन रहेको छ भने कुमार सानु, देविका वन्दना, सन्तोष श्रेष्ठ, अस्मिता अधिकारी, प्रवीण बेडवाल र चिरञ्जीवी भण्डारीले स्वर दिएका छन् । ओएस नेपालको प्रस्तुतिमा रहेको ‘मायाको सागर’ एल्बमभित्रका गीतहरू सङ्गीत बजारमा निकै लोकप्रिय रहेका छन् l जसले गर्दा नयाँ नयाँ सिर्जना गर्नका लागि उर्जा थपिएको कुरा गीतकार ‘अमर’ ले बताएका छन् ।