जातीय भेदभाव विरूद्ध म्युजिक भिडिओ ‘मेरो जात हो नेपाली’

-प्रकाश बराईली ‘अभिव्यक्ति’


रिलिज भईरहेका भन्दा बिल्कुलै फरक र सन्देशमूलक भावको गीत ‘मेरो जात हो नेपाली’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा मानव सबै एउटै जाति हुन् । सबै नेपाली नागरिक नै नेपाली हुन् भन्ने सन्देश दिन खोजिएको छ । गीत राष्ट्रिय भावले समेत ओतप्रोत रहेको छ । यस्ता गीत कमै मात्रमा आउने गर्दछन् । 

५७ औं अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवस’ २१ मार्चको अवसर पारेर थप चेतना फैलाउनका लागि  यो गीत तथा भिडिओ सार्वजनिक गरिएको कुरा गीतको निर्माण पक्षले जनाएको छ ।

गीतमा भिम अधिकारीको शब्द, सुशील बिश्वकर्माको सङ्गीत र डिल्ली अधिकारीको स्वर रहेको छ भने शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी, अजय रेग्मीको छायाङ्कन र  नवीन घर्ती मगरको सम्पादनमा भिडिओ निर्माण भएको हो । जसमा दिलिप रायमाझी, केकी अधिकारी, शंकर बीसी, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बीसी, रिचा थापा आदि कलाकारले अभिनय गरेका छन् । भिडिओ intra-national welfare and support नामक  युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।