वियोगान्त भावको गीतमा गीतकार तारा अधिकारी

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार तारा अधिकारीको शब्दरचनामा रहेको गीत ‘मनैभरि’ को भिडिओ रिलिज भएको छ l भिडिओ गीतकार ताराकै आधिकारिक युट्युब च्यानल Sunaulo Tara Motion Pictures बाट आज डिजिटल बजारमा आएको हो l अग्रज सर्जक दीपक जंगमको सङ्गीत रहेको यस गीतमा, किरण कँडेलको सङ्गीत संयोजन र शम्भू कुमार तण्डुकारको मिक्सिङ रहेको छ भने अजर जंगमले स्वर दिएका छन् l

वियोगान्त भावको यस गीतको भिडिओमा गायक अजरले नै मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओमा गीतकार तारा र सङ्गीतकार दीपक जंगमलाई पनि देख्न सकिन्छ l शान थापाको निर्देशन र राजिव समिरको कोरियोग्राफीमा छायाङ्कन भएको यस भिडिओमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ l गीतकार ताराको रचनामा रहेका गीत ‘गुलेलीमा’, ‘लुकि लुकि चोरी चोरी’, ‘लाली ओठैमा’, ‘पछ्यौरी’, ‘पराईको सिन्दुर’ आदि युट्युबमा निकै लोकप्रिय रहेका छन् l