‘चारआनी माया’ लिएर आए सुरज मादेन


गायक सुरज मादेन लिम्बूको स्वरमा ‘चारआनी माया’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ l राज हाङ आङ्बोको शब्द रहेको यो गीत अहिले चर्चामा छ l सबैको जन जिब्रोमा सजिलै उच्चारण हुने शब्द र लोक लयमा आधारित भाका भएकोले पनि गीत दिन प्रतिदिन लोकप्रिय भईरहेको छ l

करिब डेढ दर्जन नेपाली गीत रेकर्ड गराइसके पश्चात् थोरै खुशी ब्यक्त गर्ने राजहाङ्ले विगतमा नेपाली साहित्यमा पनि दौंतरी सुब्बा उप नाम राखेर धेरै सङ्घर्ष गरेका थिए । उनले फेरि कहिले भेट भएन (२०५०), रित्तिएको सिउँदो (२०५२) लघु-उपन्यास, आगेजुङ् (सा. अर्ध बार्षिक) सम्पादन र कैयौं फूटकर कविता विभिन्न पत्र-पत्रिकामा प्रकाशन गराईसकेका छन् ।

नेपाली साहित्यमा राम्रोसँग जमिरहेको बेला नै नाम परिवर्तन गरि २०७० देखि गीत-सङ्गीतमा प्रवेश गरेका राजहाङ्को योजना भने आफ्नो उपन्यास सम्पादन गरि दोश्रो प्रकशन गर्ने, गीत-सङ्गीतलाई निरन्तरता दिने र आफ्ना केही गीतहरूमा आफै निर्देशन गर्ने रहेको बताउँछन् ।

पाथिभरा च्यानलबाट मेरो गीत-रचना सार्वजनिक भएपछि धेरै खुशी र सन्तुष्टि मिलेको छ भनेर बताउने राजहाङ्द्वारा लिखित ‘चारआनी माया’ उहिल्यै प्रयोग गरिने शब्दहरू सङ्कलन गरि लेखिएको हो । यसमा स्वर / सङ्गीत सुरज मादेन लिम्बू, कोरस आवाज दिपा सुहाङ, सिर्जना जबेगू, सङ्गीत संयोजन दिनेश श्रेष्ठ, छायाङ्कन निर्मल सुब्बा र सम्पादन राजेन्द्र श्रेष्ठको रहेको छ । उक्त भिडियो PATHIBHRARA CHANNEL युट्युब मार्फत सार्वजनिक भएको हो l