चेतनामूलक गीत ‘सिप सिकौं दक्ष बनौं’ को भिडिओ सार्वजनिक


गीतकार प्रकाश सुवेदीको परिकल्पना/शब्द, हरि लम्सालको सङ्गीत, मेलिना राई र हरि लम्सालको स्वरमा रहेको गीत सिप सिकौं दक्ष बनौं को भिडिओ भर्खरै साङ्गीतिक बजारमा सार्वजनिक भएको छ । गीतले सिपमूलक तालिम लिएर दक्ष व्यक्ति बन्न सकियो भने आफ्नो भाग्य निर्माण गर्न र समृद्धिको बाटो खन्न आफैं सकिन्छ l संसारको कुनैपनि कुनामा गएर दु:ख पाउन पर्दैन भन्ने भाव बोकेको छ l

भिडिओमा निशान घिमिरेको निर्देशन / सम्पादन तथा निशाल पौडेलको छायाङ्कन रहेको छ l जसमा सुष्मा निरौला, घनश्याम जोशी, सचिन मल्ल, सञ्चारिका सुवेदी, सम्पदा सुवेदी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सभ्य सिर्जना प्रालिको प्रस्तुति व्यवस्थापन रहेको यो गीति भिडिओ वैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा निर्माण गरिएको हो ।

भिडिओमा समाजको एउटा प्रतिनिधि पात्रले समृद्ध जीवन निर्माणका लागि गरेका विभिन्न सङ्घर्षका चरणहरुलाई अति कलात्मक तरिकाले प्रस्तुत गरिएको कुरा गीतकार प्रकाश सुवेदीले बताएका छन् ।