सङ्गम थपलियाको ‘तिमी मुस्कुराउँदा’


सङ्गम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदा को भिडिओ सार्वजनिक भएको छ l किशोर विश्वकर्माको शब्द तथा सङ्गीत र सञ्जीब बराईलीको सङ्गीत संयोजन रहेको यो गीत गायक सङ्गमको पहिलो रेकर्डेड गीत हो l अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् ।

सीता राईको कोरियोग्राफी र रमेश थापाको निर्देशन रहेको यस गीतको भिडिओमा सुरज थपलिया र गरिमा शर्माले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने भिडिओमा गायक सङ्गमलाई पनि देख्न सकिन्छ l चन्द्र विनायक फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्माण भएको यस भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ l कामको सिलसिलामा कुलेखानी पुगेका सुरजले गरिमालाई देखेपछि उनलाई मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रमहरु भिडिओमा हेर्न सकिन्छ । भिडिओ कुलेखानी र त्यस वरपर छायाङ्कन गरिएको हो l  

भिडिओका निर्माता शिवराम थपलिया हुन् भने ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट रिलिज गरिएको छ ।