नेपालीभाषी भारतीयहरुको प्रयासमा ‘जल्यो मन जल्यो’

-तुलसी गिरी ‘भावुक’


प्रेम रामदामको शब्दरचना, मोहित राईको सङ्गीत / सङ्गीत संयोजन र सुस्मिता शर्माको स्वरमा रहेको गीत जल्यो मन जल्यो को भिडिओ बजारमा आएको छ l भिडिओ लोकप्रिय गीतकार ध्रुव प्रसाद अमगाईको आधिकारिक युट्युब च्यानल M3 Media Nepal बाट एकदिन अघि सार्वजनिक भएको हो l दिल्लीको गाडर स्टुडियोमा रेकर्ड भएको यस गीतमा मिक्सिङ / माष्टरिङ राहुल हरितले गरेका छन् l

राकेश शर्माको निर्देशन र रेसहब चौधरीको कोरियोग्राफी रहेको यस भिडिओमा सुष्मा शर्मा, नव निहाल र अनिदित्ता दासको अभिनय रहेको छ l भिडियो सम्पादन र कलर करेक्शन सिमन्त कलिताले गरेका हुन् l भारत निवाशी नेपालीहरुको संयुक्त सहकार्यमा निर्मित यो भिडिओ नोरा ब्राईट फिल्म्सको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो भने आसाम आसपासको क्षेत्रमा छयाङ्कन गरिएको कुरा थाहा भएको छ l