जातीय विभेद विरूद्ध कुलेन्द्र र कमलाको गीत ‘फूल हौ तिमी’

-प्रकाश बराईली ‘अभिव्यक्ति’


लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको अर्को नयाँ साङ्गीतिक कोसेली फूल हौ तिमी को भिडिओ सार्वजनिक भएको छ । गीतमा कुलेन्द्र विश्वकर्मा र कमला पोखरेलले स्वर दिएका छन् ।

कस्तुप पन्तको शब्द / सङ्गीत रहेको यस गीतको भिडिओ दुर्गा पौडेलले निर्देशन / छायाङ्कन गरेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडिओमा गीतका गायक कुलेन्द्र विश्वकर्मा र रञ्जिता गुरुङको अभिनय रहेको छ l भिडिओ कुलेन्द्रको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । समाजमा अझै विद्यमान जातीय विभेद विरुद्ध चेतनामूलक सन्देश लिएर आएको यथार्थपरक भावको यो गीत निकै मार्मिक छ l