तेस्रो ‘ईपिक नेपाल म्युजिक अवार्ड’ को फारम खुल्यो


मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा वडा न ८ बोडेको कुमारी मन्दिर प्राङ्गणमा आगामी मङ्सिर ११ गते तेस्रो नेशनल ‘ईपिक नेपाल म्युजिक अवार्ड’ को आयोजना हुने भएको छ । मध्यपुर थिमी नगरपालिकाको सिद्धिकाली मन्दिर प्राङ्गणमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l

आयोजकले दिएको जानकारी अनुसार अवार्ड प्रतिस्पर्धाका लागि आजैदेखि फारम खुला गरिएको छ भने आगामी कार्तिक १३ गते उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिने छ । प्रतिस्पर्धीहरुले गीत-सङ्गीत क्षेत्रका ३२ विधामा फारम भर्न पाउने छन् l  कार्यक्रम साँस्कृतिक नगरी मध्यपुर थिमीका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो

अवार्डमा २०७७ साल बैशाखदेखि २०७८ भदौ मसान्तभित्र बजारमा आएका गीत सङ्गीतका सर्जक, कलाकार र प्राविधिकहरुले सहभागिता जनाउन पाउने कुरा आयोजकले जानकारी गराएका छन् ।