नेतृत्व ताक्नेसँग योजना र कार्यक्रम हुनुपर्छः गौरीराज जोशी


गैर आवासीय नेपाली सङ्घ { एनआरएनए } आइसिसीका सचिव तथा दशौँ महाधिवेशनमा महासचिव पदका प्रत्यासी गौरीराज जोशीले व्यक्तिगत एजेण्डा ल्याएर प्रपोगण्डा गर्ने प्रवृत्तिले कसैको भलो नगर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ यूरोपको बहस शृङ्खलाको ६७ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै जोसीले आफ्ना व्यक्तिगत कार्ययोजना नभई सङ्घको मर्मअनुसार कार्यक्रम र योजना ल्याएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘मेरो व्यक्तिगत कार्ययोजना महत्वपूर्ण होइन। गैरआवासीय सङ्घलाई यसको मर्म अनुसार कार्यक्रम ल्याएर योजना सफल बनाउनु पर्छ।‘ नेतृत्वमा आउन चाहनेले नेपाल र नेपालीलाई सधैं केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ । नेपालमा १० अर्ब लगानी भित्र्याउने परियोजना सफल पार्न आफू लागिपरेको जोशीले बताए । जोशी गैरआवासीय नेपाली सङ्घसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सन् २००५ देखि नै जोडिएका छन् । आफू पद ओगट्न मात्र नभई काम गरेर देखाउन उम्मेद्वार बनेको जनाउँदै जोशीले भने, ‘सबै अध्यक्षका प्रत्यासीलाई म काम गर्ने उम्मेद्वार हो भन्ने थाहा छ l त्यसैले सबैजनाले ममाथि सद्भाव राख्नुहुन्छ ।‘  नेपाल पत्रकार महासङ्घ यूरोपको बहस शृङ्खलाको ६७ औं भागमा एनआरएनएको भावी नीति र नेतृत्वबारे छलफल हुने गरेको छ ।

SUBSCRIBE 👉