रोमाण्टिक भावको गीतमा गीतकार अम्गाई


गीतकार ध्रुव प्रसाद अम्गाईको नयाँ गीतको भिडिओ बजारमा आएको छ  । गोरखा, फुजेलका अम्गाईको शब्दमा भ्वाईस अफ नेपाल सिजन-३ का चर्चाको शिखर चुमिरहेकका गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको रोमान्टिक गीत आँखा आँखा जुधी को भिडिओ सार्वजनिक भएको हो ।

सुनौ सुनौ लाग्ने पछिल्लो समयको उत्कृट सृजना आज दर्शक स्रोतामाझ युट्युब मार्फत सार्वजनिक भएको हो ।

भिडिओमा श्रीय सिटौला र सन्तोस बानियाँले अभिनय गरेका छन् । सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले म्युजिक एरेन्जमेन्ट गरेका छन् । सोनाम पाख्रीनको निर्देशनमा तयार भएको यस भिडिओमा बुध्द थापाको सिनेम्याटोग्राफी र विकास दहालको सम्पादन  रहेको छ । भिडिओ M3 Media Nepal मार्फत सार्वजनिक भएको छ ।