नवीन गुरुङ र सीता तमुस्याे दोङको ‘क्याहो तिम्रो पारा’ सार्वजनिक


गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझी र गायिका सीता तमुस्यो दोङ्को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडिओ सार्वजनिक भएको छ । ‘सहयात्री’ नवीन गुरुङको प्रस्तुती रहेको यस गीतमा गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लले सङ्गीत संयोजन गरेका छन् l

म्युजिक बैक नेपाल, अनामनगर, काठमाडौमा रेकर्डिङ भएको यस गीतलाई बिजय बुढा मगरले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । भिडिओमा किरण मगर र सुस्मिता श्रेष्ठको,  अभिनय रहेको छ । राजकुमार रायमाझीद्वारा निर्देशित यस भिडियोमा मन बहादुर पुनको छायाङ्कन, सम्पादन रहेको छ ।

‘माया प्रेमको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ’, गीतकार रायमाझीले भने l ‘यो गीतमा माया प्रेम जीवनको अभिन्न अंग भएता पनि अहिलेको समाज, देश र परिवेश अनुरुप व्यक्त भएका गीतको कमी नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ उनले गीतकोबारे थप प्रष्ट पारे । गीतलाई भावको मर्म अनुसार भिडियोमा उतार्ने कोसिस गरेको कुरा निर्देशक  रायमाझीले बताएका छन् ।