गायत्री थापाको रचना र राजकुमार बगरको सङ्गीतमा ‘बिजुलीको तार’

-तुलसी गिरी ‘भावुक’


गीतकार गायत्री थापाको शब्दरचनामा रहेको गीत बिजुलीको तार को भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि मात्र Shiva Darshan Films युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीत, मिक्सिङ् र माष्टरिङ् रहेको यस गीतमा रामचन्द्र काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको छ l कमल सौरागको सङ्गीत संयोजन रहेको यो गीत अनामनगरस्थित त्रिवेणी डिजिटलमा रेकर्ड गरिएको हो l

सार्वजनिक भएको भिडिओ सिर्जन बराल ‘ऋषि’ को कोरियोग्राफी तथा निर्देशनमा छायाङ्कन भएको हो l भिडिओमा विजय पुन र कविता न्यौपाने लगायतका कलाकारहरुको आकर्षक नृत्य/अभिनय रहेको छ l दीपक गिरीको सिनेम्याटोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको यो म्युजिक भिडिओ जनता फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

लोक-आधुनिक लयको यस गीतमा प्रेमी जोडीले एक-अर्काप्रतिको अगाध प्रेम प्रकट गरेका छन् र एक अर्काको यादमा मनमा चलेका खुल्दुली, बेचैनी र चाहनाहरु पोखेका छन् l