आफ्नै द*र्दनाक जीवनकथा लिएर आईन् बाल गायिका नविना केसी


लोकप्रिय लोकदोहोरी कार्यक्रम ईन्द्रेणीबाट लाखौँ दर्शक-श्रोताहरुको मन मुटुमा बस्न सफल पछिल्लो समयकी भाईरल बाल गायिका नबिना केसीको पहिलो साङ्गीतिक कोसेली खुशी गुमेको भिडिओ सहित सार्वजनिक भएको छ । यो गीत उनै ११ बर्षिय बाल गायिका नबिना केसीको द*र्दनाक जीवन कथामा आधारित भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

३ वर्षकै उमेरमा आफ्नो बुवा गुमाएकी केसीको वास्तविक जीवन कथामा आधारित यो गीत साँच्चै मर्मस्पर्शी छ । ३ बर्षकी हुँदा अज्ञात समूहद्वारा उनको बुवाको ह*त्या भएको थियो भने  ह*त्याराहरु अझै पत्ता लागेका छैनन् । उनले अग्रजहरुबाट अहिलेका बाल प्रतिभाहरु मध्ये सबैभन्दा उत्कृष्ट प्रतिभाको उपाधी पाईसकेकी छिन् ।

भिडिओ लेकबेंसी खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा नबिना केसीसँगै दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको छ । गीतको शब्द पनि दिपेन्द्र पौडेलले लेखेका हुन् भने सङ्गीत चक्र अविरलले गरेका हुन् । यस गीतको एरेन्ज यम थापा मगरले गरेका हुन् । भिडिओ गायक तथा सञ्चारकर्मी प्रियजन राईको निर्देशनमा निर्माण भएको हो ।

बिक्रम कार्कीले छायाङ्कन गरेको यो भिडिओ अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडिओमा टिका बहादुर श्रेष्ठ, हरि ढकाल, सञ्चिता गुरुङ, प्रकाश बराईली ‘अभिब्यक्ति’, सृजना लम्साल, राजु रिजाल, मिठ्ठु थापा, प्रमोद भट्ट, दिपक गुरुङ, रबिन दोङ, गोर बहादुर कार्की, सुजन ठकुरी, कमल खनाल, बासुदेब भट्ट, रेखा खनाल, पूजा खत्री, अर्जुन जंग थापा, मञ्जु केसी, मैया थापा, मनिता श्रेष्ठ, चन्द्र प्रकाश श्रेष्ठ, धनमाया श्रेष्ठ, निशा कार्की र स्मृति कार्कीको अभिनय रहेको छ भने बाल कलाकारहरुको रुपमा अभिशा भट्ट र मीनदप श्रेष्ठ रहेका छन् ।