वेलायतबासी गीतकार ताराको अगाध प्रेमकथा ‘आधा लैजाऊ तिमी माया’


बेलायत बस्दै आएकी गीतकार तारा लिम्बूको शब्दरचना र लोकप्रिय गायक राजेशपायल राईको स्वरमा रहेको गीत आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले को भिडिओ सार्वजनिक भएको छ । भिडिओ Sabin Limbu युट्युब च्यानलबाट दुईदिन अघि मात्र रिलिज भएको हो l  

गीतमा सविन लिम्बूको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतको भिडिओमा अमित सुब्बा र क्रीन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । भिडिओमा निर्देशक श्रेष्ठकै सिनेम्याटोग्राफी तथा सम्पादन समेत रहेको छ । कुशलले हालसम्म लगभग तीन दर्जन म्युजिक भिडिओको निर्देशन गरिसकेका छन् l  

५ मिनेट ३२ सेकेण्डको यो भिडियो फिल्मी शैलीमा तयार पारिएको हुँदा दर्शकले रुचाउने विश्वाश निर्मात्री तथा गीतकार तारा लिम्बूले व्यक्त गरेकी छिन् । साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराले आगामी दिनमा पनि यस्तै सिर्जनालाई निरन्तरता दिने बताइन् । उनी भन्छिन्- ‘काम गर्दै जाँदा नयाँ नयाँ प्रयोग गर्न मन लाग्दो रहेछ र समयको बेगसँगै फरक सिर्जनाको जन्म हुँदो रहेछ ।’ भिडिओमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको र रङ्ग संयोजन नवीन निरौलाको रहेको छ ।

गीत प्रेमसमर्पण भावमा रहेको छ भने गीतको भाव अनुसार अगाध प्रेम गर्ने एउटा प्रेमीले आफ्नी प्रेमिकालाई कतिसम्म माया गर्छ भन्ने कुरा भिडिओमा देखाईएको छ l