तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक

-पुरुषोत्तम बस्नेत ‘नेपाली’


गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम तस्बिर राखेकी छिन् । उनको पहिलो एल्बम सपना र दोस्रो सुनौलो तारा हो । तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरीलाली ओठैमा बोलका चार गीत समावेश छन् ।

गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन रहेको छ l यसैगरी पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र सङ्गीत तथा विनोद भुजेलको सङ्गीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर तथा राजनराज शिवाकोटीको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन छ ।

कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । तारा भन्छिन्–’मेरो प्रेरणाको स्रोत नै मेरी आमा हुन् l जसको कविता सुनेर, पढेर यो ठाउँमा उभिने साहस बटुल्न सकेकी छु ।’

एल्बममा समावेश सबै गीतको भिडिओ सुनौलो तारा युट्युब च्यानलमा छ । गुलेलीमा, पछ्यौरीपराईको सिन्दुर गीतको भिडिओ सान थापाले निर्देशन गरेका हुन् लाली ओठैमा गीतको भिडिओ रमेश थापाको निर्देशनमा तयार भएको हो ।

गुलेलीमा गीतको भिडिओमा नाजिर हुसेन र जेबिका कार्की, पराईको सिन्दुरमा जीवन भट्टराई र तारा अधिकारी, पछ्यौरीमा निराजन प्रधान र सुशीला थापा तथा लाली ओठैमा मा पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । तस्विर एल्बमको कभर डिजाइन नकुल खड्काले गरेका हुन् ।