मञ्जु उपासना र एचबी सुनारको स्वरमा ‘ढाँटे मरिजाम्’


गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा रहेको गीत ढाँटे मरिजाम् को भिडिओ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सविता पोखरेलले लेखेकी हुन् । यस गीतमा सङ्गीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले सङ्गीत संयोजन गरेका हुन् ।

भिडिओमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र अञ्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको निर्देशन रहेको यो गीतको भिडिओ बालकुमार मगरले छायाङ्कन तथा सम्पादन गरेका हुन् भने कोरियोग्राफी सुनिल कुमार मगरको रहेको छ ।

गायनमा पाइला चाल्दैगर्दा आफ्नै सङ्गीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएकी गायिका मञ्जु उपासना र एचीबी सुनारको स्वरमा दिइसकें यो जोवान, चोरी चोरी लगायतका धेरै गीतहरु बजारमा आइसकेका छन् ।