तुलसी पराजुलीको ‘खोलीको पानीले’

तुलसी गिरी ‘भावुक’


लोकप्रिय पूर्वेली लोकगायक तुलसी पराजुलीले आफ्नो पछिल्लो गीत खोलीको पानीले को भिडिओ सार्वजनिक गरेका छन् l ४ दिन अघि मात्र म्युजिक नेपाल नामक युट्युब च्यानलबाट पराजुलीको सो भिडिओ डिजिटल बजारमा विश्वव्यापी रुपमा सार्वजनिक भएको हो l रमेश अधिकारीको शब्दरचना, राजनराज शिवाकोटीको सङ्गीत र अशोक तामाङको सङ्गीत संयोजन रहेको यो गीत एवान स्टुडियोका प्राविधिक किशोर थापाले मिक्सिङ गरेका हुन् l

प्रेम थापाको निर्देशनमा छायाङ्कन भएको यस भिडिओमा राम केसीको सिनेम्याटोग्राफी तथा नवीन घर्ती मगरको दृश्य तथा रङ्ग सम्पादन रहेको छ l भिडिओमा प्रेम थापा, सगुन शाही र निशान क्षेत्रीले प्रमुख कलाकारका रुपमा अभिनय गरेका छन् l

गायक-गायिका लगायतका प्रस्तोताहरुको रोयल्टी सङ्कलन तथा वितरणका लागि स्थापित संस्था प्रस्तोता समाज नेपालका पूर्व अध्यक्ष समेत रहेका गायक तुलसी पराजुलीका कान्छीको छाता, सालैज्यू, खोटाङ जिल्ला, आकाशैको कालो बादल, लेकैमा चौंरी, पाटनैको पातलो च्युरा लगायतका गीत लोकप्रिय छन् l