‘मिस इको इन्टरनेशनल २०२१’ को लागि अनुश्मा इजिप्ट जाँदै


इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छिन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।

आगामी १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रायमाझी मिस इको इन्टरनेशनल नेपाल २०२० की बिजेता भएपछि छानिएकी हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने सो प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो प्रतिस्पर्धी हुनेछिन् ।

२१ बर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन् । प्रतियोगितामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने कुरा उनले बताइन् ।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौं सहभागी हुन् । यसअघि सो प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन र  मौनता लामाले सहभागिता जनाएका थिए ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरुआत गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

मिस इको इन्टरनेशनल को उपाधि नेपाल भित्रिने आशा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहेकी छिन् ।

SUBSCRIBE 👉