रामचन्द्र चन्द र माया सारुको स्वरमा ‘मैना कोही आफ्नो छैन’


गायक रामचन्द्र चन्द र माया सारुको आवाजमा मौलिक लोक लयमा आधारित गीत मैना कोही आफ्नो छैन को भिडियो सार्वजनिक भएको छ ।

सूर्य न्यौपानेको शब्द रहेको यस गीतमा लय कमल खनालले सिर्जना गरेका छन् भने सङ्गीत संयोजन रामचन्द्र चन्द आफैले गरेका हुन् । भिडियोमा कुशल सम्पादक/सिनेम्याटोग्राफर वीरेन्द्र भाट ‘बिपिन’को निर्देशन तथा सम्पादन रहेको छ ।  भिडियोको छायाङ्कन महेश महराले गरेका हुन् ।

भिडियोमा गान्धीभ सुवेदी, रुपा कँडेल, शर्मिला अर्याल र दिप्सन केसीको अभिनय रहेको छ । भिडियोमा एक जोडीको प्रेम कथालाई प्रस्तुत गरिएको छ । जसलाई गायक एवं सङ्गीत संयोजक समेत रहेका रामचन्द्र चन्दले आफ्नै  युट्वुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।