दृष्टिविहीन गायकको सपना पूरा गर्दै सञ्चारकर्मी ओली

तुलसी गिरी ‘भावुक’


सञ्चारकर्मी दीपक ओलीले आफ्नै खर्चमा ग्रामथान-३, बिराटनगर निवासी दृष्टिविहीन धिरेन्द्र बिकको स्वरमा एउटा गीत रेकर्ड गरिदिने भएका छन् l गायक बिकको स्वर झापाको दमकस्थित काव्य रेकर्डसमा रेकर्ड गरिने भएपनि म्युजिक ट्रयाकमा लाइभ बाजा हाल्ने काम भने काठमाण्डौमा भईरहेको कुरा दीपक ओलीले जानकारी गराए l ‘ट्रयाक तयार भएर आउनासाथ भोकल हाल्ने काम हुन्छ’ गीतका सङ्गीतकार समेत रहेका ओली भन्छन् l

अशोक थापाको म्युजिक एरेञ्ज तथा कैलाश कार्की र टिङ्कु भट्टराईको संयुक्त शब्दरचना रहेको यो मुटुमा खेलिरहन्छौ तिमी बोलको युगल गीतमा धिरेन्द्रलाई तिमी बिजी टिकटकमा कि गायिका सम्झना ओलीले साथ दिँदैछिन् l गायक बिकको ३ बर्षको उमेरमै जण्डिस बिग्रिएर दुबै आँखाको ज्योति गुमेको थाहा भएको छ l

गायक धिरेन्द्र बिक २०६४ सालमा एमआरडीएफद्वारा देशव्यापी रुपमा आयोजित डिजेबल स्टार गायन प्रतियोगितामा दोस्रो विजेता बनेका थिए l स्व. अम्बर गुरुङ, मिरा राणा र कृष्णभक्त राई जज बसेको सो प्रतियोगिताका पहिलो र दोस्रो हुनेलाई पुरस्कार स्वरूप १ – १ वटा गीत रेकर्ड गरिदिने भनिए पनि आयोजकले सो वाचा पूरा नगरेपछि गायक बिक निराश भएका थिए l ३ बर्ष अघि झापा, दमकको पाथीभरा एफएमबाट प्रसारण हुने कार्यक्रम खुला मञ्च मा प्रथम भएपछि सो कार्यक्रमका सञ्चालक दीपक ओली र गायक धिरेन्द्र नजिक भए l ‘आफ्नो स्वरमा गीत रेकर्ड गर्ने उहाँको ठूलो सपना रहेछ l उहाँको सपना पूरा होस् भन्ने चाहना र गायनमा राम्रो सम्भावना पनि देखेर नै मैले आफ्नै खर्चमा गीत रेकर्ड गरिदिन लागेको हुँ’ ओली भन्छन् l