पालो दोश्रो मिस्टर एन्ड मिस रौनियार २०२१ को

डब्बु क्षत्री


कोरोनाको सँक्रमण कम भएपछि पछिल्लो समय विभिन्न अवार्ड तथा व्युटी पेजेन्टको चहल पहल बढेको छ । यसै क्रममा मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्दर्य एवम् सांस्कृतिक प्रतियोगिता पनि अब हुने भएको छ ।

यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार र गुप्ता समुदायका युवा युवतीले यो प्रतियोगितामा भाग लिन पाउने र उनीहरुको उमेर १६ देखि २८ वर्ष भित्रको हुने पर्ने पनि आयोजक पक्षले जनाएको छ । यो प्रतियोगितामा काठमाडौंबाट भागलिन चाहनेले १७ माघसम्म फारम भरिसक्नु पर्नेछ ।

काडमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै संस्था एमी इन्टरटेन्मेन्टले यो प्रतियोगिताको तयारीमा आफुहरु जुटेको जनाएको छ । संस्थाका अध्यक्ष एमी (राजन) रौनियारका अनुसार यो दोश्रो संस्करण हो । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसंगै उनीहरुको सामाजिक दायारलाई अझ विस्तार गर्न (मिष्टर एण्ड मिस रौनियार–२०२१) को आयोजना गर्न लागिएको राजनले बताए ।

यो प्रतियोगिताको लागि ३ माघमा जनकपुर, १० माघमा बीरगञ्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको पनि कार्यक्रम व्यबस्थापक एनी रौनियारले पत्रकार भेटघाटका क्रममा जानकारी गराईन् । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन भने फाईनल इभेन्ट फागुनको तेश्रो साता काठमाडौंमा हुनेछ ।

मिस्टर एन्ड मिस रौनियारको बिजेताले विभिन्न उपाधि, पुरस्कार सहित म्युजिक भिडियो, बिज्ञापनमा मोडलिङ लगायत अन्य अबसर प्राप्त गर्ने पनि पत्रकार भेटघाटका क्रममा बताईयो । यो प्रतियोगितामा गत वर्ष आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०१९ को उपाधि जितेका थिए ।

SUBSCRIBE 👉