प्रवाशबाट स्वदेश सम्झँदै गीतकार अम्गाई

तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार ध्रुव प्रसाद अम्गाईको शब्दरचनामा रहेको देशभक्ति भावको गीत ‘बिहानीको घाम’ को फोटो भिडियो सार्वजनिक भएको छ । भिडियो ‘एम थ्री मिडिया नेपाल’ नामक युट्युब च्यानलबाट बजारमा आएको हो । सुप्रसिद्ध गायक रामकृष्ण ढकालको स्वरमा रहेको यो गीतमा तुला पर्वतको सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको छ ।

गीतकार अम्गाईका हालसम्म ‘काले केटा २, तिमीलाई सन्देश,  माया हे माया, तिरिरिरि , नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा,  मखमली चोली, फूल दिऊँ त ओईली जाला,  कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले’ बोलका भिडियो सार्वजनिक भईसकेका छन् । जसमध्ये केही समय अघि मात्र सार्वजनिक भएको गीत  ‘काले केटा २’ को भिडियोले युट्युबमा २८ लाख बढी भ्युज पाएको छ ।

प्रवाशमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् । उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अरु गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले जानकारी गराए ।