बिबाहको हतारले गर्दा टुटेको प्रेम ‘दिल दुखायौ तिमीले मेरो’

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ युगल गीत दिल दुखायौ तिमीले मेरो को भिडियो भरखरै सार्वजनिक गरेका छन् l  रुद्रसेनकै शव्दरचना तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ l  गीतमा विशाल निरौलाको म्युजिक एरेञ्ज रहेको छ l

प्रदिप कुमार रसाईलीको निर्देशनमा निर्मित यस भिडियोमा योगेश दाहालको सिनेम्याटोग्राफी रहेको छ भने अमृत चापागाईंले सम्पादन गरेका छन् l भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन रसईली र रेनु लिम्बूले अभिनय गरेका छन् l भिडियो गीतकार, सङ्गीतकार तथा गायक रुद्रसेनकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मा अपलोड गरिएको छ l

भिडियोमा प्रेमिकाले आफ्नो प्रेमीलाई तुरुन्तै बिबाह गर्न दबाब दिन्छिन् तर प्रेमीले केही समय कुर्न भनेपछि उनले अर्कै प्रेमी रोजेकी छिन् l दोस्रो प्रेमी धोकेबाज निस्किएपछि युवती पुन: पहिलो प्रेमीको शरणमा आउँछिन् तर चोखो मायाको कदर नगर्ने अवसरवादी प्रेमिकालाई पहिलो प्रेमीले स्वीकार नगरेको कथा भिडियोमा देखाईएको छ l