शिव भजन ‘ॐ नम: शिवाय’ मा सुरेन्द्र महर्जन ‘अमर’


भगवान भक्ति मान्छेहरूको आस्था हो । भगवानबाट अलग सायद संसारमा कोही पनि छैन । दु:खसुखमा मात्रै हैन हर्ष, उमङ्ग, पर्वहरूका साथसाथै मनमा त्रास अनि चिन्ताबाट मुक्ति पाउन, मनलाई शान्त गर्न भजनले ठूलो मद्दत गरेको हुन्छ । सँधै मन्दिरहरूमा, रेडियो, टेलिभिजन लगायत अन्य माध्यमहरूबाट भजनको श्रवण गर्दा शान्तिको महसुस हुन्छ ।

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर को रचना/स्वर रहेको शिव भजन ॐ नम: शिवाय को भिडियो सार्वजनिक भएको छ । यस भजनमा अमर लाई शान्ता कार्की र मुस्कान राईले स्वरमा साथ दिएका छन् । भजनले  भक्तिको मार्गमा लागौं भन्ने सन्देश दिएको छ । भिडियोमा कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगायतको अभिनय रहेको छ ।

भजनमा राम कार्कीको सङ्गीत रहेको छ भने भिडियो ओएस नेपालको प्रस्तुतिमा बजारमा आएको हो । रोशन कुमारद्वारा निर्देशित यस भजनको भिडियोमा सुदिप पंगेनीको छाङ्याकन र दिप गुरुङको इडिटिङ्ग रहेको छ । यो भजन दर्शन एल्बममा रहेका भजनहरू मध्यको एउटा भजन हो ।