प्रमोदको स्वरमा परदेशीको पीडा ‘म छु विदेशमा’


म्युजिक भिडियो म छु विदेशमा सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको यस गीतमा गौरव पहारी र सृष्टि खड्का फिचर्ड छन् । सार्वजनिक भएको गीतमा सरोज पोखरेलको सङ्गीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

गीतमा उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् । निसान कश्यपले निर्देशन र सम्पादन गरेको यस म्युजिक भिडियोले परदेशी जोडीको प्रेमकथा देखाएको छ । म्युजिक भिडियो ज्ञानेन्द्र शर्माको छायाङ्कन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।