बस चालक र वेटर युवतीबीचको प्रेमकथा ‘सक्दिन म त’

-तुलसी गिरी ‘भावुक’


लामो समय अघिदेखि गीतरचना र सङ्गीत सिर्जनामा समानान्तर ढङ्गमा सक्रीय रहँदै आएका लोकप्रिय सर्जक राजकुमार बगरको सङ्गीतमा रहेको गीत सक्दिन म त को भिडियो सार्वजनिक भएको छ । कृष्ण के.सी. को शब्दरचना, कमल सौरागको सङ्गीत संयोजन तथा अञ्जु पन्त र निशान भट्टराईको स्वर रहेको यो गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ समेत राजकुमार बगरले नै गरेका हुन् ।  राजकुमार बगर असल सर्जक हुनुका साथसाथै कुशल साउण्ड इन्जिनियर समेत हुन् ।

गीतमा एकअर्का बिना बाँच्न नसक्नेगरी गहिरो प्रेममा डुबेका युगलको कथा रहेको छ भने गीतको भाव अनुसार सार्वजनिक बसका ड्राईभर र होटलमा काम गर्ने वेटर युवतीबीचको प्रेमलाई भिडियोमा उतारिएको छ । लक्ष्मी बर्देवा र जीवन भट्टराईको परिकल्पना तथा निर्देशनमा निर्मित यस भिडियोमा मुख्य कलाकारका रुपमा पनि लक्ष्मी र जीवनले नै अभिनय गरेका छन् । Aafno Maan युट्युब च्यानलबाट सार्वजनिक भएको यस भिडियोमा वुद्ध थापाको छायाङ्कन र विष्णु खड्काको सम्पादन रहेको छ ।