दया, प्रेम र अहिंशाको सन्देश छर्दै नरहरि र शोभा

-तुलसी गिरी ‘भावुक’


दशैं मनाउने र मीठो खाने बहानामा निरीह पशुहरुको काटमार चलिरहेको बेला नरहरि प्रेमी र शोभा त्रिपाठीको स्वरमा रहेको अहिंशावादी भावनाले ओतप्रोत गीत हे राम को भिडियो सार्वजनिक भएको छ l नरहरि प्रेमीकै शब्दरचना र सङ्गीतमा सजिएको यस गीतमा जीवन बडूले सङ्गीत संयोजन गरेका छन् l

हे राम को भिडियो दुर्गा पौडेलको निर्देशन / छयाङ्कन र हरि सिलवालको सम्पादनमा तयार भएको हो भने भिडियोका मुख्य कलाकारका रुपमा नरहरि र शोभालाई नै देख्न सकिन्छ l  धर्म र पुण्यको शाश्वत सन्देश तथा सुक्ष्म रहस्य बोकेको यस गीतले दया, प्रेम, सत्कर्म र अहिंशाको सन्देश छर्दै परोपकारी बन्न आग्रह गरेको छ l मनै पुलकित बनाउने प्राकृतिक सुन्दरता कैद गरिएको ड्रोन शटले भिडियोलाई अझ मनमोहक बनाएको छ l भिडियो लामो समय अघिदेखि सञ्चारकर्ममा समेत सक्रीय रहँदै आएकी गायिका शोभा त्रिपाठीको अफिसियल युट्युब च्यानल Shobha Tripathi मा अपलोड गरिएको छ l